अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६
| Colorodo: 06:51
अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए ।
सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो । टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी जारी नै राखिएको छ । गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो ।