प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले वर्तमान सरकार द्धन्दको नाईके भएको आरोप लगाउनुभएको छ । एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गर्दै उहाँले सरकार नै मुलुकमा द्धन्द गराउन उद्धत रहेको बताउनुभयो ।
काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा वोल्दै नेता विश्वकर्माले नितान्त धार्मिक एवं क्रिश्चियनहरुभित्रै विवादित आईएनजिओले आयोजना गरेको कार्यक्रममा सहभागी भएवाट सरकारले मुलुकमा द्धन्द निम्त्याएको प्रष्ट हुने उहाँको भनाई थियो ।
संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उहाँले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर नेताहरुले आर्शिवाद लिनु गलत भएको टिप्पणी गर्नुभयो । नेपालको ईतिहाँसमा यो राजनैतिक र कुटनैतिक रुपमा अर्को ठूलो भुकम्प भउको विश्वकर्माको दावी थियो । डेढ महिना अघि मुलुकका विशिष्ट व्यक्तिहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाईदिनेहरुले पछिललो समय क्रिष्चियन धर्मगुरुबाट आर्शिवाद लिन आउन स्थानीय सरकार र प्रदेश सरकार प्रमुखहरुलाई पनि उर्दी जारी गर्नु हाँस्यस्पद भएको उहाको टिप्पणी छ ।
विवादास्पद समिटमा सहभागी प्रधानमन्त्री ओलीले गम्भिर गल्ती गरेको भन्दै नेता विश्वकर्माले आफूहरु अहिले नै उनको राजिनामा माग्ने पक्षमा नभएपनि प्रधानमन्त्रीले सार्वभौम संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभयो ।