अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९
| Colorodo: 05:04
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका युवा जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध भएर लागेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।