अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 00:30

निर्मला पन्तको न्यायको लागि सवारी–साधनमा टाँसियो स्टिकर र पोष्टर

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ९:०७ मा प्रकाशित

कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो ।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्तरुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् । ‘निर्मला पन्तका लागि न्याय’का अभियन्ताहरुले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जनाएका छन् । सवारी–साधनका साथै टोलटोलमासमेत यो अभियान चलाएर सरकारलाई दबाब दिइने बताईएको छ । यस्ता स्टिकर र पोस्टर छपाउन, बनाउनका लागि स्वस्फूर्तरुपमा रकम जम्मा भइरहेको अभियानले जनाएको छ ।

यसअघि, ‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएको थियो । सोही पोस्टरको मुन्तिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए । तर, प्रहरी लगाएर ती पोस्टरहरु च्यातिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू