अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 00:19

जलवायु सम्मेलन पोल्यान्डमा सुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:४७ मा प्रकाशित

विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् ।

जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ । पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एकभएर लाग्ने सन्देश प्रवाह गरेको थियो ।

जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू