अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 06:48

युरोपमै पहिलो पटक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ सुरु

बिआरटीनेपाल २०७५ मंसिर १४ गते २२:४७ मा प्रकाशित

लिस्बन, सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ सुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञका प्रमुख वाचक योगी श्री ओम सूर्य शिवले शुद्ध ज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनुहुनेछ । महायज्ञमा दैनिक जसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ ।

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्री ओम सूर्य शिवले राससलाई जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उहाँले बताउनुभयो । योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ ।

बिहीबारबाट सुरु भएको महायज्ञ डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ । योगी श्री ओम सूर्य शिवले यसअघि नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, स्वीडेन, फ्रान्स, स्पेन, बेल्जियमलगायतका विभिन्न मुलुकमा सत्य सनातन धर्मसम्बन्धी विभिन्न धार्मिक कार्यक्रम सम्पन्न गरिसक्नु भएको छ ।

प्रतिक्रिया