अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२
| Colorodo: 00:57
मुम्बई, भारतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रवार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक वर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।
अहिलेको आर्थिक वृद्धिदर अघिल्लो वर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरूले बताएका छन् । यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक वृद्धिदर हुने देशमा पर्ने देखाएको छ । तर नियमित रूपमा द्रुत गतिमा आर्थिक वृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरूले बताएका छन् ।