अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३
| Colorodo: 11:58
काठमाडौँ – नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
अन्य १६ अधिकृतसहित १६२ जना दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता भएको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकोमा सैनिक अदालतले उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरेको हो ।
४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।