अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५
| Colorodo: 01:00
काठमाडौँ – चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँको कुल व्यापार भएको केन्द्रले जानकारी दिएको छ ।