अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२
| Colorodo: 01:17
नुवाकोट — कांग्रेसको नयाँ विधान मस्यौदामाथि छलफल गर्न जिल्ला सभापतिहरू नुवाकोटको ककनीमा भेला भएका छन् ।
बुधबार सुरु भएको दुईदिने भेला प्रस्तावित विधान मस्यौदामाथि केन्द्रित हुने नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
जिल्ला सभापतिहरूकै पहलमा भेला भएको उनले जनाए । ‘विधानमाथि छलफल गर्न विशुद्ध सभापतिहरूको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न’ उनले भने ।
विधान मस्यौदामा उल्लेखित संगठनात्मकलगायत विभिन्न विषयमा संशोधनका लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको केसीको भनाइ छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।