अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 08:55

सफल एक्सपो पोखराको तयारी पूरा

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ९:०० मा प्रकाशित

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म आयोजना हुने एक्सपोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्सपोको उद्घाटनको दिन नजिकिँदै गर्दा तयारीका सबै काम सकिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।

मेला र महोत्सवमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु एक्सपो आयोजना गरिएको आयोजकले जनाएको छ । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको बताईएको छ ।

एक्सपोमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगहरुले आफ्ना उत्पादनबारे जानकारी दिन स्टल राख्दैछन् भने नेपाल पर्यटन वोर्ड एवं पोखरा पर्यटन परीषद र सहश्राब्दी पर्यटन विकास समितिको समन्वयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि विशेष स्टलहरु राखिनेछ । एक्सपोमा रहने मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुले पनि सहभागिहरुलाई थप सुविधा दिने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू