अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:००
| Colorodo: 09:15
भारतको कर्नाटकमा भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । शनिबार भएको बस दुर्घटनामा परी अन्य कैयौं घाइते भएको अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङलुरुदेखि १०५ किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ ।
दुर्घटना भएपछि बस नहरमा खसेको थियो । दुर्घटनाका घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अधिकारीले जनाएका छन् ।