अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 23:21

सरकारको ९ महिने अवधि पूर्णत असफलः नेपाली काँग्रेस

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको ९ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले आफ्नो ९ महिनाको अवधिमा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, मुल्यवृद्धि नियन्त्रण लगायतका कुनैपनि विषयमा सरकार सफलता तर्फको बाटोमा जान नसकेको निष्कर्ष निकालेको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वर्तमान सरकार गठन भएको ९ महिना पुगेपनि देशमा सरकारको उपस्थिति कहिंकतै नदेखिएकोे टिप्पणी गर्नुभयो ।सरकारले लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै गरेको भन्दै काँग्रेसले यसको खिलाफ सरकार गईरहेको आरोप लगाउनुभयो । राष्ट्रवादको सवालमा सरकारको पुरानो दावी र अहिलेको स्थितिमा आकाश जमिनको फरक रहेको, संघीयतालाई असफल वनाउने सुनियोजित षढ्यन्त्र गरेको, मुलुकमा शुसासन हराएको, बजारमूल्य बढेको र शान्ति सुरक्षाको स्थितिमा सुधार हुन नसकेको कांगे्रसको ठहर छ ।

यसैगरी, साझा आस्थाको थलो न्यायालयमा सरकारको तर्फबाट राजनैतिक आस्थाको अतिक्रमण भएको, संविधानप्रति अपनत्व विस्तार नगरी यसलाई सत्तालाई बलियो बनाउन वार्गेनिङ्ग चिप्सको रुपमा सरकारले प्रयोग गरेको काँग्रेसले आरोप लगाएको छ ।

यसैवीच, काँग्रेसले आगामी मंसिर २८ देखि पुष ३ सम्म काठमाडौमा हुने नेपाली काँग्रेसको महासमिति वैठकको तयारी तिव्र गतिमा भई रहेको जनाएको छ । काँग्रेस प्रवक्ता शर्माले महासमितिमा प्रस्तुत गर्ने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नितिका सम्वन्धमा प्रदेशस्तरीय अलगअलग छलफल सम्पन्न भएको बताउनुभयो ।

पार्टीको विधानमा समसामयिक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन गरीएको पनि शर्माले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा रहेको र महासमिति वैठक तयारीकै मुल विषयमा केन्द्रीत रहेर मंसीर ९ गते केन्द्रीय समितिको वैठक वोलाइएको प्रवक्ता शर्माको भनाई थियो । विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा वैठकमा पेश हुने बताईएको छ । काँग्रेसले महासमितिको वैठक काँग्रेस केन्द्रीय कार्यालयको प्राङगणमै गर्ने निर्णय गरेको शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू