अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 06:54

डडेल्धुरामा यात्रुवाहक बस दुर्घटना – कम्तीमा १८ जनाको मृत्यु, २० घाइते

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:३१ मा प्रकाशित

डडेल्धुरामा आज भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २० जना घाईते भएका छन् । डा. केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको र २५ जनाभन्दा बढी घाइते भएको जिल्ला पहरी कार्यालयका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिनुभएको छ । स्थानिय अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेकोे भगवती मेला देहिजाँत हेरेर डोटी फर्कने क्रममा मेला भर्न गएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । मेला सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया