अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४
| Colorodo: 21:59
काठमाडौं — ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ ।
एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ ।
सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराएको छ ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।