अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९
| Colorodo: 23:14
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । छातीमा अत्याधिक दुखाई भएपछि डा. केसी सोमवार विहान ४ बजे त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक विभागमा भर्ना हुनुभएको हो ।
केसीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको उनीनिकट चिकित्सक डा. अभिषेकराज शर्माले जानकारी दिनुभएको छ । शर्माका अनुसार केसीको जाँचको रिपोर्टहरु आउने क्रममा छन् । अस्वस्थ्य हुनुको कारण खुल्न सकेको छैन् ।