अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 23:40

सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको उठ्यो– नेता गगन थापा

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:३९ मा प्रकाशित

नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरे पनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गर्नुभयो । थापाले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ ।

लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताबीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने थापाको भनाई थियो । राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले कांग्रेसले आफ्नो एजेण्डा स्थापित गर्नुपर्ने थापाले आवश्यकता ओल्याउनुभयो ।

नेताहरूमा देखिएको मतभिन्नता, निरासा र सम्पूर्ण किसिमका अलमललाई पार्टीको महासमिति बैठकले चिर्नुपर्ने उल्लेख गर्दै नेता थापाले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालीन र अल्पकालीन रूपमा अवलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू