अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 23:29

अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:२७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्ने बताउनुभएको छ । नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री थापाले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन गरिने बताउनुभएको छ । लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दैे विदेशीले लिएको नागरिकताबारे छानबिन हुने उहाको भनाई थियो ।

अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न नसकिऐ राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले त्रताउनुभयो । गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने उल्लेख गर्दै अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई पनि संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

वैठकमा समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, वृजेशकुमार गुप्ता, झपटबहादुर रावल लगायतले नागरिकता राष्ट्रको भविष्यसँग समेत जोडिएको भन्दै गहन छलफलको आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू