अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 02:35

यमपञ्चक अर्थात तिहारको आज दोश्रो दिन कुकुर तिहार मनाईयो

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:४० मा प्रकाशित

हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार (यमपञ्चक)को दोस्रो दिन मंगलबार कुकुरको पूजा गर्दै मीठामीठा खानेकुरा खान दिएर मनाईएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पुजा गरी मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।

बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास समेत गरिन्छ ।

चतुर्दशीको दिन आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहिआएको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मान्यता छ ।

 

प्रतिक्रिया