अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

राष्ट्रिय एकता बलियो बनाउन खेलकुदको महत्वपूर्ण भूमिकाः प्रचण्ड

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:३७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले खेलकुदले राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । पोखरा रंगशालामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) को समापन गर्दै प्रचण्डले राष्ट्रिय एकता बलियो बनाउने कुरामा अहिलेको नयाँ युगमा खेल सशक्त माध्यम बनेको बताउनुभयो । क्रिकेट खेल नभएको भए कतिपय देशहरु अहिलेको विश्व मानचित्रमा सायद नरहने उल्लेख गर्दै उहाँले कतिपय देश क्रिकेट र खेलकै माध्यमबाट एकतावद्ध बनेको बताउनुभयो ।

नेपालमा पनि क्रिकेटको माध्यमबाट राम्रो संस्कार तथा अनुशासन विकास हुन थालेको पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डको भनाई थियो । नेपालमा पनि क्रिकेटको माध्यमबाट राष्ट्रिय एकता अनुशासन, संस्कार र पहिचान स्थापित गर्ने काम भैरहेको उल्लेख गर्दै उहाँले यो काम सबैको निम्ति खुसी र गर्वको विषय रहेको बताउनुभयो ।

यसैवीच, अध्यक्ष प्रचण्डले पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने दिशामा पार्टी, सरकार र सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो तर्फबाट रंगशाला निर्माण गर्न पूरा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । समापन कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको खुलेर प्रशंसा समेत गर्नुभएको थियो ।

प्रतिक्रिया