एपीवान टेलिभिजनको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करण अन्तर्गत उत्कृष्ट ८ मा पर्न सफल पोखराका बिक्रम वराल र निलिमा थापामगरलाई विजयी गराउन पोखरामा अभियान थालिएको छ । गतवर्ष जस्तै यसपाली पनि पोखराका दुई प्रतिस्पर्धी बिक्रम बराल र निलिमा थापा मगर उत्कृष्ट ८ मा पर्न सफल भएका छन् । निर्णायक र भोटिङको निर्णयको आधारमा नेपाल आइडल बनाइनेछ । जसमा पोखराका दुई प्रतिस्पर्धीहरु अब्बल छन् । नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेका यि दुई प्रतिस्पर्धीहरुको सहयोगका निम्ती छुट्टाछुटै समिति गठन गरिएको छ ।
बिक्रम बराललाई सहयोग गर्न दुई समिति गठन भएका छन् । त्रिबेणी संगीतालय न्युरोड पोखराका प्रबन्ध निर्देशक नवराज बरालको संयोजकत्वमा एक समिति र सुनचाँदी व्यावसायी संघ कास्की र स्वर्णकारी कल्याण समितिको संयुक्त बैठकमा एक सहयोग समिति गठन गरिउको छ । यसैगरि निलिमा थापा मगरलाई पनि जिताउन पोखरामा जोजिजू म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजूको संयोजकत्वमा सहयोग समिति गठन गरिएको छ ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सहयोग समितिको घोषणा गरिएको हो । नेपाल आइडलको दोस्रो संस्करणको उपाधि फेरि पोखरा ल्याउन समितिले प्रेस विज्ञप्ति मार्फत सबैलाई भोटिङ गर्न आग्रह गरिएको छ ।