अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 00:14

एमाले र माओवादीहरुको एकता बिग्रेकाहरुको एकता हो– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते ८:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी बीचको एकता बिग्रेकाहरुको एकता भएको टिप्पणी गर्नुभएको छ । विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोत्रन गर्दै उहाँले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि वृहत एकता भएको भन्दै अब पार्टी र नेता कार्यकर्ता तहमा सुधार आबश्यक रहेको वताउनुभयो ।

जनता र राष्ट्रका लागि जस्तोसुकै समर्पण गर्ने घरबार छाड्ने आफुहरुमा अहिले विस्तारै विस्तारै सबै चिज मेरो लागि, अरुले मेरो लागि काम गर्नुपर्छ भन्ने प्रवृत्ति बढेको तर्फ ईंगित गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने आबश्यकता औल्याउनुभयो ।समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको र जनताको मन जितेर नेकपाले समाजवादको नयाँ मोडल बनाउन सक्ने उहाँको ठहर थियो । रसियन र चाइनिज मोडलको नक्कल गरेर नेपालमा समाजवादको कुनै विकाश हुन नसक्ने प्रचण्डले बताउनुभयो ।

आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान् हुने प्रचण्डको भनाई थियो । प्रचण्डले अहिलेको सरकार असफल भएमा देश नै असफल हुने टिप्पणी गर्दै सरकारलाई जनताको आत्मसम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको धारणा व्यक्त गर्नुभयो । बर्तमान सरकारले नेपाललाई सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर एउटा नयाँ सन्देश दिने उहाँको दावी थियो ।

प्रतिक्रिया