अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५
| Colorodo: 03:10
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा आज काठमाण्डौंमा काग सम्मेलन गरिएको छ ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा काग सम्मेलन गर्नुभएको हो ।
सम्मेलनमा करीब ३०० काग रत्नपार्क वरपर जम्मा भएका थिए । दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आउनुभएको छ ।