अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 23:35

आदर्श नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते २१:२० मा प्रकाशित

यही नोभेम्बर २ तारिख शुक्रवारको दिन आदर्श नेपाली समाजको ‘नेपाली पाठशाला सहयोगार्थ’ द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । 

निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम पानसमा बत्ती बालेर मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो ।बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिको बारेमा सिकाउने उद्येस्य अनुरुप सुरुआत गरिएको ‘नेपाली भाषा पाठशाला कक्षा’ यो समाज मार्फत निरन्तर रूपमा सञ्चालनमा आई राखेको छ । द्यौसी-भैलो कार्यक्रमबाट $२३९३ सङ्कलन भएको छ । यस कार्यक्रममा आउन नभ्याउने तथा नाम छुटेका सहयोग गर्ने मनकारी दाताहरुले पनि आफ्नो नाम लेखाई रहनु भएको जानकारी आइरहेको छ ।

हरन्डन निवासी श्रीमती सुशीला सुवेदी खनालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अर्जुन सिग्देलले गर्नु भएको थियो । शुक्रवार भएकोले बच्चाहरूका लागि रमाइलो दिन भन्दै व्यस्तताका बाबजुद पनि कार्यक्रममा करिब ३०० सय जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

निकै छोटो समयमा पनि यति ठुलो जमघट (उपस्थित) गराउन सफल हुनुमा सक्रिय भूमिका खेल्नेमा संस्थाका सबै सदस्यहरू लगायत महिला दिदीबहिनीहरू लागि परेका थिए । कार्यक्रम ७ बजे सुरु भई बेलुका ९:३० बजे सम्म चलिरहेको थियो ।

अहिले तिहारको रौनक तथा रमझम डिसी, भर्जिनिया, मेरिल्यान्डका विभिन्न सङ्घसंस्था तथा अमेरिकाका विभिन्न स्टेटहरूमा रहेका नेपालीहरू माझ छाएको देखिन्छ ।

डोनेसन दिनेको नाम:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू