अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८
| Colorodo: 11:03
श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेले संविधानविपरीत राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिनुभएको छ । मुलुकमा सिर्जना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न माग गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
निर्वाचित प्रधानमन्त्री विक्रमासिंघेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गर्नुभएको थियो । राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेको सट्टामा आफैंसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिंघे बीच केही विषयमा शुरु भएको विवादले मुलुकलाई राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा र्पुयाएको हो ।