अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 23:20

निर्मलाका निम्ति न्याय अभियानः डिएनए परीक्षणका लागि सामूहिक रगत संकलन

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:२३ मा प्रकाशित

निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरूको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ । पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् ।

हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामूहिक डिएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरूले सरकारलाई दबाब दिन यस्तो कार्यक्रम गरेका हुन् । स्वतन्त्र रूपमा न्यायको पक्षमा उभिएका सर्वसाधारणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डिएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए । निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिबार संकलित तीन दर्जन बढी रगत नमूनालाई गृहमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू