अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७
| Colorodo: 16:22
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी को समेत सहभागिता रहेको कांग्रेसले जनाएको छ ।