सरकारले २०२० सम्ममा २० लाख पर्यटन नेपाल भित्रयाउने लक्ष्यलाई पुर्ण रुप दिन नयाँ योजना अगाडी सारेको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागी १ सय वटा नयाँ पर्यटकिय क्षेत्र छनोट गरेको छ ।
मन्त्रालयका अनुसार ६ सय भन्दा बढी आवेदन परेकामा नेपाल पर्यटन बोर्ड, स्थानिय तथा प्रदेश सरकार र सरोकारवालाहरुको सिफारिसमा १ वटा पर्यटन गन्तव्य छनोट भएको हो । सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पु¥याउने लक्ष्यले उक्त पर्यटन गन्तव्य छनौट गरेको हो । गन्तव्य छनौटमा ५ वर्ग किलोमिटर भन्दा बढी वा सो सरह फैलावट भएका तालतलैया, पोखारी भएको क्षेत्रलाई आधार मानिएको छ ।
सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत नयाँ पर्यटन गन्तव्यका लागी ५० करोड रुपैयाँ विनियोजन गरेको छ । हाल नेपालमा बार्षिक १० लाख पर्यटन नेपाल भित्रिने गरेको छन् ।