अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 01:43

स्याङ्जामा प्याराग्लाइडिङको विश्वकप प्रतियोगिता शुरु , प्रतियोगिता नेपालको गौरवः मन्त्री विश्वकर्मा

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:४४ मा प्रकाशित

स्याङजाको पर्यटकीय स्थान स्वरेकमा विहीवार देखि प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको बताउनुभयो ।उहाँले स्याङ्जाको स्वेरकलाई सहासिक खेल र प्याराग्लाडिङको हवका रुपमा विकास गर्न संघीय सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप प्रतियोगिताको आयोजना गरिएको हो । स्थानिय स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता १८ गते सम्म संचालन हुनेछ । प्याराग्लाइडर्सहरुले समुद्र सतह देखि १६०० मिटरबाट जम्प गर्ने छन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन । पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित २१ मुलुकको सहभागिता रहको छ ।

प्रतियोगितामा बिदेशी र स्वदेशी गरी १ सय २० जनाले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् ।

प्रतिक्रिया