अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४
| Colorodo: 18:49
श्रीलंकामा संसदको निलम्वन फुकुवा गरिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाक्नुभएको छ । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति संघर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् । यसअघि, राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गर्नुभएको थियो ।
संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिंघेको सट्टामा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । विक्रमासिंघेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गर्दै आउनुभएको छ ।