अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३
| Colorodo: 00:48
काठमाडौँ: गायक तथा सङ्गीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” सार्वजनिक भएको छ l काठमाडौँमा भएको एक भव्य समारोहमा उक्त गीत “नरिसाइदिनु” विमोचन भएको हो l उक्त गीतमा अहिलेका युवा पुस्ता देखि पछिल्लो पुस्ताका व्यक्तिहरूको भावना समेटिएको कुरा गायकले बताएका छन् । शब्द सञ्जीव बाडेको रहेको उक्त गीतमा गायक आफ्नै सङ्गीत रहेको छ l गायक राम बहादुर बाडे एक कुशल भजन गायक समेत हुन् ।
कगेश्वारी मनहरा नगरपालिकाको उप प्रमुख श्रीमती बिन्दु पुडासैनीको प्रमुख आतिथ्य तथा कृष्ण बहादुर धजुको विशेष आतिथ्यमा विमोचन गरिएको उक्त गीतलाई छायाँकार जनकराजले छायाङ्कन गरेको यस गीतको म्युजिक भिडियोलाई मोण्टि ले निर्देशन गरेका छन् भने सुशील, रुपेश र मोनिकाले अभिनय गरेका छन् l भिडियो चाडै नै बजारमा आउन लागेको कुरा गायकले बताएका छन् ।