अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 08:36

अमेरिकामा आप्रवासी प्रवेशबारे चिन्ता- ५ हजार २ सय सेना सीमा क्षेत्रमा पठाउने तयारी

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:१६ मा प्रकाशित

अवैध रुपमा प्रवेश गर्ने आप्रवासी अमेरिकाका लागि चिन्ताको विषय बनेको छ । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि लगातार आप्रवासीको प्रवेशमा कडाई गर्ने बताउँदै आउनुभएको थियो । आप्रवासीको प्रवेश रोक्न हजारौं सेना परिचालन गरिने भएको छ । अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीलाई सीमामा सेनाले कुरेर बसिरहेको बताउनुभएको छ । गत अप्रिल यता मेक्सिकोसँगको सीमामा अमेरिकाले २१ सय नेसनल गार्ड परिचालन गरिसकेको छ । अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको छ । अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू