अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 01:24

साफ यु–१५ च्याम्पियनसिपः नेपाल पराजित, वंगालादेश २–१ गोल अन्तरले विजयी

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:४१ मा प्रकाशित

साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरमा हराएको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित बंगलादेशले नेपाललाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ १–१ को वरावरीमा सकिएको खेलको दोस्रो हाफको सुरूमै बंगलादेशले गोल गर्दै नेपालविरूद्ध जीत निकालेको हो । यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका नेपालले अब समूह ए को विजेता पाकिस्तानसँग फाइनल प्रवेशका लागि खेल्नेछ । बंगलादेशले समूह ए को उपबिजेता भारतसँग खेल्नेछ ।

यो समूहबाट माल्दिभ्स दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले हराएको थियो । यसअघि आजै भएको समूह बीको खेलमा पुर्वविजेताले भुटानलाई ४–० ले हराउँदै समूहको उपविजेताका रूपमा दोस्रो सेमिफाइनलमा प्रवेश गरेको छ । दुबै खेलमा विजयी भएको पाकिस्तान यसअघिनै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरिसकेको थियो ।

 

प्रतिक्रिया