अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 12:30

पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टन र काडमाण्डौं रोयल्स विजयी

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:४० मा प्रकाशित

पोखरामा जारी पीपीएल टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलहरुमा पोखरा पल्टन र काठमाण्डौं रोयल्स विजयी वनेका छन् । प्रतियोगितामा स्थानीय पोखरा पल्टनले पारस खड्का नेतृत्वको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको दोस्रो जित हासिल गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १४० रन बनाएको थियो । सनी पटेलले २७ बलमा अविजित ४६ रन बनाएको इनिङ्समा पारसले ३२ बलमा ४४ रन जोडे । विक्रम भुसालले २ विकेट लिए । जवाफमा पोखराले १७ ओभर २ बलमै विजयी लक्ष्य पूरा गर्यो । भारतीय खेलाडी रविइन्दर सिंहले ४८ बलमा ६५ तथा कप्तान शरद भेषावकरले २० बलमा ३७ रन जोडे । करण केसीले १९ रन खर्चेर ३ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् । यो जितसँगै पोखरा तीन खेलबाट दुई जित सहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने अंकविहीन चितवनले लगातार दोस्रो हार व्यहोरेको छ ।

आजै सम्पन्न अर्को खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सले लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंलेसन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सलाई ५ विकेटले हराएको हो । विराटनगरले दिएको १५० रनको चुनौती काठमाडौंले खेलमा ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्यो ।

प्रतियोगितामा भारतीय खेलाडी गौरव तोमरले ६६ रन जोड्दा अमित श्रेष्ठले ३५ रनको योगदान दिए । यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । विराटनगरका लागि पाकिस्तानी ब्याट्सम्यान मुहम्मद जैद आलमले ६७ रन जोड्दा सुनिल धमला र राजेश पुलामीले ३०÷३० रनको योगदान गरे । काठमाडौंका बसन्त रेग्मी, सुशन भारी र गौरव तमोरले समान २/२ विकेट लिए । लगातार तेस्रो हार व्यहोरेसँगै विराटनगरको ‘प्लेअफ’मा पुग्ने सम्भावना कमजोर वनेको छ ।

प्रतिक्रिया