अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 12:25

पाकिस्तानलाई हराउँदै नेपाल एएफसी छनोटको दोस्रो चरणमा

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:२८ मा प्रकाशित

एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो । थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गर्नुभयो । खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औ मिनेटमा नेपालको अग्रता दोब्बर पार्नुभयो । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गर्नुभयो । दोस्रो हाफमा नेपालले थप आक्रमक खेल खेलेको थियो ।

पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पुजा रानाले गर्नुभएको हो । ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उहाँले पोस्टको दिशा दिनुभयो । त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उहाँले ब्यक्तिगत दोस्रो गोल गर्नुभयो । ५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गर्नुभयो । उहाँले नै ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पु¥याउनुभएको थियो । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गर्नुभएको थियो । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाउनुभयो । जितसंगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ ।

प्रतिक्रिया