अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 08:13

श्रीलङ्काकाका राष्ट्रपति र सभामुख फरक फरक कित्तामा

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:२६ मा प्रकाशित

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक – फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक, फरक कित्तामा देखिएका हुन् ।

सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्थ गर्न नमिल्ने तर्क गर्नुभएको छ । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाइ छ । अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षास्थिति बलियो पारिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू