अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 23:08

प्रदेश ३ मा एक महिना भित्रै राजधानी तोकिने

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:२२ मा प्रकाशित

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिना भित्रै प्रदेशको राजधानी र नामाको टुंगो लाग्ने बताउनुभएको छ । अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियम उद्घाटन गर्न चितवन पुग्नुभएका मुख्यमन्त्री पौडेलले भरतपुरमा पत्रकारहरुसंग कुरा गर्दै प्रदेश राजधानीको विषय संसदमा प्रवेश पाइसकेकाले तिहार लगत्तै बस्ने बैठकले टुंगो लगाउने बताउनुभयो ।

राजधानीको विषय संसदमा प्रवेश भैसकेकाले अब छलफलमा अघि बढ्ने मुख्यमन्त्री पौडेलले बताउनुभएको थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको नामका विषयमा कुनै प्रस्ताब नआएको भन्दै नाममा त्यति ठूलो विवाद नरहेको दावीसमेत गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू