अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 01:52

प्रदेश २ को राजधानी र नाम तोक्न आयोग गठन

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:२१ मा प्रकाशित

प्रदेश २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेशको राजधानी र नामाङ्कनका लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले संवाद तथा सुझाव आयोग गठन गरेको हो । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषय टुङ्गो लगाउन आयोग गठन गर्ने निर्णय भएको आन्तरिक मामिला मन्त्री यादवले बताउनुभयो । आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गर्ने र आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू