अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 11:28

एएफसी यु–१९ महिला छनोट फुटबलः नेपालद्धारा भारतलाई पराजित

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ६:२६ मा प्रकाशित

थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबल प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा शानदार प्रदर्शन गर्दै नेपालले आफ्नो दोस्रो खेलमा भारतमाथि २–० को जित निकालेको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले दुवै गोल मध्यान्तरपछि गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गरेकी हुन् । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ ।

यसअघि, नेपाल पहिलो खेलमा आयोजक थाइल्यान्डसित ३–० ले पराजित भएको थियो । नेपालले छनोटको अन्तिम खेलमा कात्तिक ११ गते पाकिस्तानसित प्रतिस्पर्धा गर्नेछ ।

पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । प्रत्येक समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू