अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते १९:२४ मा प्रकाशित

काठमाडौं – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा  करिब ४६ प्रतिशतको वृद्धि हो । 

पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।

नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो ।

अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

यही महिनामा एक अमेरिकी डलरको विनिमय दर ११८ रुपैयाँ पुगिसकेको छ । यो हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू