अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 22:15

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा १५ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७ प्रतिशत

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते ९:४७ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल १,३१५अर्ब रुपैँयाको बजेटमध्ये २०० अर्ब रुपैँया खर्च भएको छ । चालु खर्चतर्फ २० प्रतिशत रकम खर्च भएपनि पुँजीगत खर्च भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ विनियोजित ३१३ अर्ब रुपैँया मध्ये पहिलो त्रैमासमा सरकारले २२ अर्ब ९५ करोड रुपैँया खर्च गरेको छ । जुन कुल विनियोजित विकास खर्चको ७ दशमलव ३१ प्रतिशत हो ।

सरकारले पुँजीगत खर्चलाई तीव्रता दिने प्रतिवद्धता गरेपनि सो अनुसार खर्च हुन भने सकेको छैन । चालु वर्षको तीन महिनामा राजस्व संकलनतर्फ भने लक्ष्यभन्दा उल्लेख्य प्रगति भएको छ । तीन महिनाको अवधिमा सरकारले कुल १९१ अर्ब ६२ करोड रुपैँया राजस्व संकलनको लक्ष्य राखेकोमा १९७ अर्ब ८७ करोड रुपैँया खर्च गरेको छ । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा बैंक तथा वित्तिय संस्थाहरुमा लगानीयोग्य पुँजीको कमी भएको छ ।

यद्यपि अर्थमन्त्री डा. युवराज खतिवडाले भने पहिलो त्रैमास बोलपत्र निर्माण, आह्वान तथा ठेक्का सम्झौतामा व्यतीत हुने भएकाले दोस्रो त्रैमासबाट विकास खर्चले गति लिने बताउँदै आएका छन् ।
दोस्रो त्रैमासमा पनि खर्च तुलनात्मक रुपमा बढ्न नसकेको खण्डमा पुस मसान्तमा आयकरको ४० प्रतिशत हिस्सा सरकारी ढुकुटीमा आउँदा बैंकहरु थप दबाबमा पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू