नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही पनि नरहेको वताउनुभएको छ । नेकपामा शीर्ष नेताहरु प्रचण्ड र माधवकुमार नेपालको तत्काल प्रधानमन्त्री वन्ने कुनै संभावना नरहेको उल्लेख गर्दै उहाँले संविधानतः प्रधानमन्त्री ओलकिो विकल्प नरहेको वताउनुभएको हो । तर, सडक आन्दोलनबाट प्रधानमन्त्री ओलीलाई हटाउन विकल्प नै विकल्प रहेको उहाको भनाई थियो ।
बुधबार राजधानमिा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमा पनि सफल नभएको दाबी गर्नुभयो । ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न नसकेको उहाको ठहर छ । ओली सरकारको ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भएको जिकिर गर्दै नेता गजुरेलले मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको आरोप लगाउनुभयो ।
मुलुकमा कम्युनिष्ट सरकार भएपनि जनजीविकाका सवालमा वर्तमान सरकारले केही उल्लेख्य काम गर्न नसकेकोले आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लागेर आउने गरेको गजुरेलको भनाई छ ।