अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 03:52

अदालतको कामलाई कुनै शक्तिले प्रभाव पार्न सक्दैन – प्रधानन्याधीश मिश्र

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:३१ मा प्रकाशित

प्रधानन्याधीश ओमप्रकाश मिश्रले कुनै पनि बाहृय शक्ति, आन्तरिक शक्ति, प्रलोभन र आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसकिने वताउनुभएको छ । सत्ता र सरकार बदलिए पनि न्याय क्षेत्र प्रभावित हुन नसक्ने उहाँले वताउनुभयो । सोमबार भैरहवामा आयोजित कार्यक्रममा वोल्दै प्रधानन्याधीश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गर्नुभयो ।

अदालतले गरेको आदेश र फैसालाको २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको उहाँको भनाई थियो । कुल मुद्धामध्ये १५ प्रतिशत मुद्धा मात्र अदालतसम्म आउने भन्दै प्रधानन्याधीश मिश्रले समाजमा भएका ८५ प्रतिशत मुद्धा अदालतसम्म ल्याउन मानवअधिकारकर्मी र समाजका अगुवाहरुले सहयोग गर्नुपर्ने वताउनुभयो । गरिबी, अज्ञानता तथा विभिन्न कारणले नागरिकहरु न्याय नपाएरै बसेको भन्दै अन्यायमा परेका नागरिकलाई अदालतसम्म ल्याउन र न्याय दिलाउनु सबैको दायित्व भएको मिश्रको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू