अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 05:40

समृद्ध नेपाल र सुखी नेपाली प्रतिबद्धता पूरा गरेरै छाड्ने – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । शनिबार नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको उल्लेख गर्नुभयो ।

नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको प्रचण्डको भनाई रहेको छ । चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष प्रचण्डले जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने लगायतका विषय सम्बोधन हुने जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू