अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 09:06

दशैको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचो

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:२३ मा प्रकाशित

आज दशैंको चौंथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरि मनाईएको छ । नवरात्रको चौथो दिन आज पनि पोखरा, काठमाडौं उपत्यकासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी देवीको पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

सूर्यको जस्तो तेज भएकी र सिंह वाहन भएकी कुष्माण्डा भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू