अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 22:59

गिरिजाप्रसाद कोईराला लाई राष्ट्रपति नबनाउनु त्रुटी -प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:४२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो त्रुटी भएको वताउनुभएको छ । गिरिजा प्रसाद कोईरालाले आँट नगरेको भए शान्ति प्रक्रियाको सुरुवात नहुने प्रसंग निकाल्दै प्रचण्डले कोइरालालाई राष्ट्रपति नवनाउनु त्रुटि भएको स्मरण गर्नुभयो । आइतबार काठमाण्डौंमा पत्रकार शुभशंकर कँडेलले लेखेको अवतरण पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले गिरिजालाई राष्ट्रपति नबनाउनु आफूहरूको अपरिपक्वता भएको वताउनुभएको हो ।

गिरिजालाई राष्ट्रपति बनाएको भए दुई वर्षमै संविधान बन्ने उहाको जिकिर थियो । जनयुद्धका बेलाको स्मरण गर्दै प्रचण्डले केपी शर्मा ओलीसँग जनयुद्ध सुरू भएको ६ वर्षपछि भारतमा भेट भएको उल्लेख गर्नुभयो । कँडेलको पुस्तकप्रति टिप्पणी गर्दै प्रचण्डले ओली र प्रचण्ड आफैंले पुस्तक नलेखेसम्म देशमा भएका घटनाक्रमबारे पूर्ण विवरण नआउने वताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू