अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१
| Colorodo: 04:36
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आईतवार अपरान्ह लागि निर्धारित वैठक प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण देखाउँदै अचानक स्थगित गरिएको नेकपा श्रोतले जनाएको छ । अपरान्ह ४ बजे बस्ने भनिएको बैठक ४ बजे नै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सचिवालयले सुचना टाँस गरेर स्थगित भएको जनाएको हो ।
प्रधानमन्त्री एवं नेकपाको सचिवालयका अनुसार स्थगित सचिवालय वैठक सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।सरकारको कामकारवाहीको समीक्षा र पार्टीको तल्लो समितिहरुको एकीकरणको विषयमा छलफल गर्न भन्दै नेकपाको बैठक बोलाइएको हो । सरकारले करिब ७ महिना व्यतित गरे पनि जनताले अनुभूति गर्ने खालका कार्य नगरेको भन्दै नेकपाका शीर्ष नेताबाटै आलोचना सुरु भइसकेको छ ।