अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 23:15

नेवि संघको विवादका कारण काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:३१ मा प्रकाशित

काँग्रेसका शीर्ष नेताहरुबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद भएपछि आजका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले विशेष कारणबस आज (शुक्रबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २१ गते बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको छ ।

तर, काँग्रेस नेताहरुका अनुसार नेविसंघको विधानमा भएको विवादका कारण केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो । काँग्रेसको संगठन विस्तारमा महत्वपूर्ण मानिने नेविसंघमा ३२ वर्षे प्रावधान राख्ने कि नराख्ने भन्नेमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षबीचको मतभेदका कारण वैठक स्थगित भएको जनाईएको छ । नेविसंघमा नयाँ नेतृत्व चयनका लागि आगामी कार्तिक १६ गते बाट अधिवेशन सुरु हुदैछ । त्यसअघि नेविसंघ केन्द्रीय समितिले तयार पारेको विधान निर्देशक समिति हुँदै पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ ।

नेवि संघले सर्वसम्मत पारित गरेको उक्त अधिवेशन तालिका सहितको विधान निर्देशक समितिमा छलफलका क्रममा विवाद भएपछि समिति वैठक अनिर्णित बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू