अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 23:00

नेपाल कम्युनिष्ट पार्टीद्धारा सचिवालय बैठक आव्हान

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:२९ मा प्रकाशित

सत्तारुढ नेकपाले आईतवार शक्तिशाली मानिएको पार्टीको सचिवालय बैठक आव्हान गरेको छ । उसले पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न असोज २१ गते आइतबारका लागि सचिवालय बैठक तय गरेको हो । शुक्रबार बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विषयमा झण्डै २ घण्टाको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र उहाँ पक्षधरले चर्को असन्तुष्टि जनाउदै आएका छन् । गत साता दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको आलोचना र त्यस लगत्तै आफु पक्षीय स्थायी समिति सदस्य भेला गरेर अध्यक्ष ओली र प्रचण्डको आलोचना गर्नुभएको थियो ।

नेकपामा मूलतः दोहोरो जिम्मेवारी नदिने भनिएपनि प्रदेश कमिटीको नेतृत्व चयन गर्दा आफु नजिकका नेताहरुलाई ओली र प्रचण्डले दोहोरो जिम्मेवारी दिएको भन्दै नेपालले विरोध गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू