अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४
| Colorodo: 09:49
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ ।
शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो । पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठक काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।